अबको नयाँ बाटो समाजबादी क्रान्ति : (नेकपा)का अध्यक्ष प्रचण्ड

१६ पुस, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अब समाजबादी क्रान्तिको नयाँ बाटो हिड्ने बताएका छन् ।

‘विप्लव’को समूह छोडेर आएका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै खुमलटारस्थित आफ्नै निवासमा प्रचण्डले समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटो हिड्ने बताएका हुन् ।

(नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीको नयाँ बाटोमा हिड्ने क्रममा आदर्श र उद्देश्य नछोडेको बताउदै उद्देश्यका लागि उकाली ओरालीका आरोह अवरोहमा राजनीति र समाज पनि शिखर चढे जत्तिकै हुन्छ भने ।

अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनको संयोजनबाट क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीचको साझा धाराणाबाट गणतन्त्र र समावेशी सम्भव भएको बताए ।

अब प्राप्त उपलब्धीलाई रक्षा गर्न र हिजो देखेको सपना साकार पार्न सबै शक्ति फेरी एकपटक जुट्न जरुरी भएको उनको तर्क छ ।

पार्टी प्रवेश गर्नेहरुमा विप्लव नेतृत्व अनतर्गतको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईलगायत २२ जना नेता तथा कार्यकर्ताहरु छन् ।