पुुष, १३ काठमाडौ —काँकडभिट्टामा बिहीबार राति आगलागी हुँदा २२ घर जलेर नष्ट भएको छ । मेचीनगर नगरपालिका–६ को साठीबीघा भन्ने ठाउँमा आगलागी भएको हो । आगो नेपाल प्रहरी, नेपाली सेना, स्थानीयबासी र दमकलले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।
आगलागीबाट दुई करोड रुपैयाँ बराबरको क्षति भएको हनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगो छविलाल आङ्देम्बेको घरबाट फैलिएको प्रहरीले जनाएको छ । नजिकै मेचीनगर नगरपालिकाको कार्यालयमा २ वटा दमकल रहे पनि आगो निभाउनका लागि समयमै पुग्न सकेन ।