पुस १३, काठमाडौँ – बालाजु बाइपासमा टिपर पल्टिदा थिचिएर एक जनाको ज्यान गएको छ ।
बिहान ६ बजे मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपर पल्टिदा ५८ वर्षीय दलबहादुर विसङ्खेको ज्यान गएको हो ।
महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको टिपर पल्टिँएर चिया विक्री गर्दै आएका विसङ्खे र उनकी पत्निलाई थिचेको थियो ।
पिरले थिचिएर घाइते भई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराउने क्रममा श्रीमानको ज्यान गएको जानकारी दिए ।
घाइते विसङ्खेको पत्निको उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।