बिग ब्यास लिगमा सन्दीपको आज तेस्रो खेल

१२ पुस, काठमाडौं – आज सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स र सिड्नी सिक्सर्स्विरुद्ध बिग बास लिग क्रिकेट भिड्दै छ ।
सिड्नीको क्रिकेट मैदानमा हुने खेल सन्दीपको आज तेस्रो खेल हो ।

यस अघि दुवै खेलमा हार सहनुपरेको मेलबनर्ले आज पहिलो जितको आस गरेको छ  । यता सिड्नीले पनि मेलबर्नलाई हराउने दाउमा रहेको छ । यी दुईटा समुहविच खेल दिउँसो दुई बजे हुनेछ ।

सन्दीपले बिग ब्यासमा आफ्नो डेब्यु खेलमा नै दमदार प्रस्तुती दिईसकेका छन् । दुई खेलमा कुल पाँच विकेट लिई सकेका उनको आजको खेलमा कति विकेट आउला ?