उमा कुङफु टोली थाइल्यान्ड प्रस्थान

११, पुुष काठमाडौं— सातौं विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली बुधबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ ।
डिसेम्बर २८ देखि जनवरी २ तारिखसम्म हुने प्रतियोगितामा ९ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् ।

अन्तर्रा्ष्ट्रिय कुङफु महासंघ (आईकेएफएफ) को आयोजनामा हुने प्रतियोगितामा कमल मगर, चिराग पौडेल, आयुब घिमिरे, अरायोन राई, सर्न्दैय गुरुङ, जीवन गुरुङ, गोविन गुरुङ, सुनबहादुर तामाङ र सियाङ तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङको नेतृत्वमा प्रशिक्षक सहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।