कालिकोटमा भिषण आगलागी —८७ घर जलेर नष्ट

पुष, ९ काठमाडौ —कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन् । आइतबार रातिदेखि लागेको आगोले खाडामा ठूलो क्षति गरेको हो ।

आगो निभाउने प्रहरी र स्थानीयबासीकफ प्रयास विफल भएको छ। गाउँमा युवाहरू पनि नभएको र पानीको समेत अभाव भएका कारण आगो निभाउने प्रयास असफल भएको हो ।  आगलागीमा जलेर दुई भैंसी, १४ गोरु र दुई बाख्रा मरेका छन् ।