नेकपाको विधानबाट साम्यबाद हटाईयो : वरिष्ठ नेता माधब कुमार नेपालको आपत्ति

८ पुस, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानबाट ‘साम्यवाद’ हराएको छ । विधानबाट साम्यवाद हराएलगत्तै स्थायी कमिटी बैठकमा वहसको विषय वनेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानबाट ‘साम्यवाद’ हटाइएको भन्दै शनिबारको बैठकमा आपत्ति जनाएका छन् । बैठकमा वरिष्ठ नेता नेपालले साम्यवाद भन्ने शब्द हटाएर कम्युनिस्ट पार्टी बन्न बन्न नसक्ने उनको ठहर छ ।  साम्यवाद हटाएर किन विधान ल्याएको हो ? पार्टीको न्यूनतम र अधिकतम लक्ष्य हुन्छ । विधानमा वैज्ञानिक समाजवाद लेखेर साम्यवादमा पुग्न सकिन्छ ?’ थुप्रै प्रश्न गरे, विश्वका कम्युनिस्ट पार्टीको विधान र दस्ताबेजमा समाजवादको अधिकतम बिन्दु साम्यवाद हो, त्यसलाई हटाएर कस्तो पार्टी बनाउन खोजेको हो ?’

नेता नेपालले तत्कालीन अबस्थामा एमालेको सातौं महाधिवेशनमा विष्णु पौडेललाई विधानको मस्यौदा तयार गर्ने जिम्मा दिँदा ‘साम्यवाद’ शब्द हटाएको सम्झाए ।
नेताहरूले यस्तो प्रवृत्ति हटाउन जोड दिँदै नेपालले पार्टीलाई सैद्धान्तिक र पार्टी प्रणालीमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।