कांग्रेसमा पदाधिकारी विबाद टुंगियो — १४ पदाधिकारी रहने

पुुष , ७ काठमाडौ — करिब एक महिना लामो विधानमाथिको छलफलपछि नेपाली कांग्रेसमा पदाधिकारी विबाद टुुङ्गो लागेको छ । अब ८ जना सहमहामन्त्रीसहित १४ पदाधिकारी हुनेछन् जसमा कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाटै निर्वा्चित हुनेछन् ।
कांग्रेसमा अब सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष हुनेछन् । प्रवक्ता भने पदाधिकारीबाटै वा केन्द्रीय सदस्यलाई मनोनित गर्न सकिनेछ । कांग्रेस केन्द्रीय समितिको आकार १६७ सदस्यीयसम्म रहने भएको छ ।