नेपाल प्रहरीका लागि अत्याधुनिक उपकरण जडान गरिएको ‘मोबाइल फोरेन्सिक इन्भेष्टिगेसन भ्यान’

पुष ६, काठमाडौं – नेपाल प्रहरीले अत्याधुनिक उपकरण जडान गरिएको गाडी ‘मोबाइल फोरेन्सिक इन्भेष्टिगेसन भ्यान’ ल्याएको छ ।

विहिवार प्रहरी प्रधान कार्यालय काठमाडौँले अपराध अनुसन्धानमा सूक्ष्म तरीकाले अध्यन अनुसन्धान गर्न सहयोग पुुग्ने गाडी महानगरीय प्रहरी अपराध माहाशाखा टेकुलाई दिएको गरेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मोबाइल भ्यान आधुनिक उपकरण जडान गरिएको गाडी भएको जानकारी दिए ।
यस्ता प्रविधियुत्त गाडी प्रदेशमा पनि पुरर्याउने उनको भनाइ छ ।

९६ लाख रुपियाँमा किनेर ल्याईएको उक्त मोवाईल भ्यानमा रु ४६ लाख बराबरका १६ प्रकारका अनुसन्धान उपकरण जडान गरिएको छ ।