दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं, २ पुुष –साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । बजार १५.१७ अंकले बढ्दा ४२ करोड ३ लाख ५३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
ट्रेडिङ समुह बाहेक सबै समुहमा हरियाली छाएको छ । सबैभन्दा बढी नीर्जिवन बिमा तर्फ २२०.५१ अंकले बढेको छ भने जीवन बिमा तर्फ १९५.९६ अंकले बढेको छ । यता माइक्रो फाइनान्स समुह ४०.२१ अंकले बढ्दा उत्पादन तथा प्रशोधन समुह २३.२१ अंकले बढेको छ ।