दाङको तुलसीपुर बजारस्थित एक घर र पशलमा आगलागीः करोडौको क्षति

दाङ २८ मंसिर । दाङको तुलसीपुर बजारस्थित अन्नपूर्ण ट्रेडर्समा आगलागी हुदाँ पाँच करोडभन्दा बढीको क्षति भएको छ । आगलागीबाट भिम घिमिरेको आफ्नै घरमा राखिएको जुत्ता(चप्पलको होलसेल पसल जलेर क्षतिग्रस्त भएको हो ।

आगलागी विद्युत सर्ट भएर भएको अनुमान गरिएको छ ।आगलागी शुक्रबार बिहान ६ बजेतिर भएको थियो ।

तुलसीपुर बजारस्थित पाँच नम्बर वडा कार्यालयसँगै रहेको चार तले घरको सटरमा उनको पसल थियो । घिमिरे परिवार घरको माथिल्लो तल्लामा दस्दै आएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाको दमकल, पानी ट्यांकरका साथै घोराही उपमहानगरपालिकाको दमकल आएर आगो नियन्त्रण भएको छ ।
आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय व्यवसायी, तुलसीपुरबासीको प्रयास नियन्त्रण गरिएको वडानम्वर ५ वडाका वडा अध्यक्ष विरेन्द्र कुमार शाहले बताए ।