सेयर लगानीकर्ताहरुको अनसन, मागे अर्थमन्त्री खतिवडाको राजीनामा

काठमाठौ, २३ मंसिर —सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् ।
राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको भन्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गरेर आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् । तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्ने लगानीकर्ताहरुले बताएका छन् ।