‘निर्मला प्रकरणमा फेरि नक्कली अभियुक्त उभ्याइएको मानव अधिकारवादीको आरोप

काठमाडौँ २३ मंसिर – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा फेरि पनि सरकारले नक्कली अभियुक्त तयार पारेको मानवअधिकारवादीले आरोप लगाएका छन् ।

मानवअधिकार महाभेलाको एक कार्यक्रममा मानवअधिकारकर्मीहरुले यस्तो आरोप लगाएको हो ।
नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले प्रहरीले दोषी भेटिएको भनिएका युवालाई नियतवस फसाएर वास्तविक अपराधि लुकाउन खोजेको आशंका व्यक्त गरे ।

‘निर्दोषलाई फसाएर वास्तविक अपराधि लुकाउने नाटक गरेको वताउद अध्यक्ष अर्यालले भन्नुुभयो, ‘ हामीले कञ्चनपुर गएर घटनास्थलको स्थलगत निरीक्षण गरेका छौँ ।’ उनले जतिसुकै प्रयास गरे पनि निर्मलाका वास्तविक हत्यारालाई उम्काउन नसकिने बताए ।

यसैविच शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्मलाका हत्यारालाई सरकारले पक्राउ गरिसकेको र केही दिनमै सार्वजनिक गर्ने बताएका छन् ।
हिजो शनिबार रक्षामन्त्री पोखरेलले निर्मलाका हत्यारालाई न्यायसंगत ढंगले सार्वजनिक गर्ने बताएका थिए । साथै उनले राजनीतिक दलहरु नै दोषीको वचाउका लागि पर्छन् कि भन्ने डर छ भन्छन् ।

यता प्रहरीले निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंकामा काठमाडौँबाट एकजना र कञ्चनपुरबाट दुई गरि तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनैजनाले अपराध स्वीकार गरिसकेको वताइएको छ ।