सौर्य एयरलाइन्सको सम्पूर्ण उडान बन्द

काठमाडौ,२१ मंसिर —सौर्य एयरलाइन्सको सम्पूर्ण उडान बाट बन्द भएको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि सबै उडान रद्ध गरेको हो ।
विमानस्थल कार्यालयले एयरलाइन्सले अहिलेसम्म ३ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको जनाएको छ । विमानस्थल कार्यालयले बिगत एक बर्षदेखि बक्यौता तिर्न पटक पटक म्याद दिंदै आएको थियो।
त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत बापत एयरलायन्स कम्पनीहरुले शुल्क बुझाउनु पर्छ ।