सहुलियत कर्जा लिन राष्ट्रिय वाणिज्य बैंकको आह्वान

काठमाडौं, २१ मंसिर — राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई आह्वान गरेको छ । सुहुलियतपूर्ण कर्जा कार्यक्रमको सेवा लिन बैंकले आफूलाई पायक पर्ने शाखाहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ । कम्तिमा स्नातक तहसम्म उत्तीर्ण गरेकाले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण पाउँनेछन्। शैक्षिक प्रमाणपत्र धितो राखी ऋण लिन ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
सहुलियतपूर्ण कर्जा प्रक्रियाका लागि बैंकहरूले विभिन्न कागजपत्र र कार्य अनुभव खोजिरहेका बेला सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक(आरबीबी)ले कर्जा लिन बोलाएको हो । साभार — अन्नपुुर्ण पोष्ट