फ्रान्स सरकार तेलको मूल्य वृद्धि फिर्ता लिन वाध्य

काडमाडौं १९ मंसिर । फ्रान्स सरकारले ईन्धनमा वढाएको मुल्य फिर्ता लिन वाध्य भएको छ ।

तेलको मुल्य वृद्धि विरुद्ध फ्रान्सले नागरिकले लामो समयदेखी गरेको विरोध प्रदर्शनले उग्र रुप लिएपछि फ्रान्स सरकारले तेलको छ मुल्य फिर्ता लिन बाध्य भएको हो ।

तेलको मुुुुल्य वृद्धि विरुद्ध भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागी एक महिलाको ज्यान गएको, सयौं घाईते भएको र ऐतिहासिक स्मारक तोडफोड, गाडीमा आगजनी तथा सुरक्षाकर्मीहरुमाथि आक्रमण जस्ता हिंसात्मक घटनामा वृद्धि भएपछि सरकारले वाध्य भएर तेलको मुुल्य वृद्धिको निर्णय स्थगित गरेको हो ।

यद्यपी मूल्य वृद्धिको निर्णय ६ महिनाका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ ।