तेल निर्यात गर्ने देशहरूको समूह (ओपेक)बाट कतार वाहिरिदै

मंसिर १७ काठमाडौं । खाडी मुलुक कतारले पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको समूह (ओपेक)बाट बाहिरिने भएको छ ।
पेट्रोलियम ग्यासको विकास र उत्पादन बढाउन ओपेकबाट बाहिरिन लागेको कतारले जनाएको हो ।

१५ वटा देश सदस्य रहेको ओपेकबाट कतार आगामी जनवरी १ देखि बाहिरिने निर्णय गरेको कतारका उर्जामन्त्री साद सेरिदा अल काबीले, बताउनुभएको हो ।

अहिले वार्षिक ७ करोड ७० लाख टन पेट्रोलियम ग्यास उत्पादन गरिरहेको कतारले अब त्यो उत्पादन वढाएर ११ करोड टन पुर्याउने लक्ष्य राखेको छ ।
ओपेक समूह छोड्ने घोषणा गर्ने कतार पहिलो खाडी मुलुक हो । कतार १९६१ मा ओपेकको सदस्य बनेको थियो।

ओपेकमै साउदी अरेबिया, युएई, इजिप्ट र ओपेकमा नभएको बहराइनले कतारमाथि नाकाबन्दी लगाएको छ ।