म्यानमारकी नेत्री सू की काठमाडौंमा

काठमाडौं, १३ मंसिर— म्यानमारकी विदेशमन्त्री आङ साङ सू की काठमाडौं आइपुगेकी छन्। भोलिदेखि सुरु हुने ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन उनी विहिबार काठमाडौं आइपुगेकी हुन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उनलाई स्वागत गरेका छन् । सम्मेलनका लागि अन्य मुलुकका पाहुनापनि आज र भोली काठमाडौं आउदैछन्।