चिनको एक प्रान्तमा भएको विष्फोटमा परि २२ जनाको मृत्यू

मंसिर  १२ शिजिआजुआङ । चिनको एउटा प्रान्तको एक रासायनिक कारखाना नजिक भएको विष्फोटमा परि २२ जनाको ज्यान गएको छ ।
उत्तरी चिनको हेबेई जाङ्गजीआकुउ शहरमा आज बुधबार बिहान सो दुर्घटना भएको हो ।

विस्फोटमा परी ३८ ट्रक र १२ अन्य सवारी साधन ध्वस्त भएको जाङ्गजीकाउ नगरको नगर सरकारले जानकारी दिएको छ ।

एक अध्यनका अनुसार एक सवारी साधनले बोकेको अति संवेदनशील विस्फोटक पदार्थ कारखाना छिर्ने वेला अकस्मात विस्फोट भएको थियो । तर कारखानाभित्र भने कुनै क्षति भएको छैन ।

विस्फोटका कारण वरिपरि रहेका अन्य सवारी साधनहरुमा पनि आगलागी भएको थियो । विस्फोटपछि भएको आगोबाट सडकमा पार्किङ गरिरहेका ३८ ओटा ट्रक र १२ ओटा कार विस्फोट हुन पुगेका थिए ।

विस्फोटमा परेकाहरुको स्थानीय सरकारले पहिचान गरेको र उद्धार कार्य सँगै थप अनुसन्धान पनि भईरहेको बताइएको छ ।