ईन्धनको मुुल्य विरुद्ध फ्रान्समा एकहप्तादेखी भईरहेको आन्दोलन, उग्र ।

मंसिर ९, काठमाडौं । पेट्रोलिय पदार्थको मुल्य वढाएको आरोपमा फ्रान्सका जनताले सरकार विरुद्ध थालेको आन्दोलनले उग्र रुप लिएको छ ।

पेट्रोल र डिजेलमा अस्वाभाविक मूल्य बढाएको भन्दै फ्रान्सका जनताले एक सातादेखि सरकार विरुद्ध विरोध प्रदर्शन गर्दै आएका हुन् ।

इन्धनको मूल्य वृद्धि विरुद्ध फ्रान्समा भएको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रदर्शन नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।

फ्रान्सको राजधानी पेरिसको शान्ज एलिजमा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारी र प्रहरीवीच झडप भएपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरी नियन्त्रणमा लिने प्रयास गरेको थियो । यद्यपी आक्रोशित भिडले प्रहरीमाथि ढुंगामुढा गर्दै गाडीहरुमा आगजनी र तोडफोड गरेका थिए ।

demonstration against petrol price high in franceको लागि तस्बिर परिणाम

इन्धनको मूल्य वृद्धिको विरोधमा हजारौं प्रदर्शनकारीहरुले फ्रान्समा पहेंलो रंगको ज्याकेट लगाएर सरकारविरुद्ध सडकमा उत्रिएका छन् । उनीहरुले राष्ट्रपति इनम्यानुएल म्याक्रोको राजीनामा माग्दै नाराबाजी गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण गर्न हजारौ प्रहरीहरु खटाइएका छन् ।

यता फ्रान्सका गृहमन्त्री क्रिष्टोफर कास्टानेयरले भने दक्षिणपन्थी रीसेम्बलमेन्ट नेशनल पार्टीका नेता मेरीनले पेनले उक्साएर प्रदर्शनकारीहरु आन्दोलन गरेको बताएका छन् । उनले मेरीनलाई बेइमानीको आरोपसमेत लगाएका छन् ।

फ्रान्समा विगत एक वर्षदेखी डिजेलमा २३ प्रतिशतले मूल्यवृद्धि भएको छ । यो मूल्य सन् २००० पछिकै अधिक्तम हो । सरकारले भने अन्तर्रा्ष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यका कारण र बिजुलीबाट चल्ने गाडीहरुलाई प्रोत्साहन गर्नका लागि इन्धनको मूल्य बढाउनु परेको जानकारी दिएको छ ।
फ्रान्समा चल्ने धेरैजसो कारमा डिजेल प्रयोग हुँदै आएको छ ।