ऊर्जामन्त्री पुन र चिनियाँ राजदूत होङबीच भेटवार्ता

काठमाडौं, ७ मंसिर ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत यू होङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको छ ।
भेटवार्ताका क्रममा ऊर्जामन्त्री पुनले राजदूत होङको कार्यकालमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सुदृढ भएको धारणा राखेका छन् ।