आज विश्व बाल दिवस मनाईँदै

काठमाडौ,४ मंसिर —नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मंगलबार विश्व बाल दिवस मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५४ देखि हरेक वर्ष नोभेम्बर २० का दिन बालबालिकाको पक्षमा अन्तर्रा्ष्ट्रिय एकता, सचेतना तथा हितको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको छ ।