नेकपाको सचिवालय बैठक मंसिर ६ गते बस्ने

काठमाडौं,२ मंसिर — नेकपाको सचिवालय बैठक मंसिर ६ गते बस्ने भएको छ । दुई अध्यक्ष (प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल) बीच शुक्रबारको छलफलपछि पार्टी सचिवालय बैठक बोलाउने निर्णय भएको हो । बैठक डाक्न पार्टी नेताहरूकै दबाब पर्न थालेपछि सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ ।