कांग्रेस पार्टी कार्यलयमा विद्यार्थीको नाराबाजी

काठमाडौ, १ मंसिर — कांग्रेस पार्टी कार्यलय सानेपामा नेपाल विद्यार्थी संघले नाराबाजी गरेका छन् ।  विद्यार्थीहरुले कार्यसमितिको म्याद थप गर्नुपर्ने र नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले नेताहरुलाई लक्षित गर्दै नाराबाजी गरेका हुन् । कांग्रेसले बैठक बोलाएपछि विद्यार्थीहरु त्यहा पुगेका थिए ।