राजश्व चुहावट रोक्न सरकार सफल भएको प्रधानमन्त्रीको भनाई

काठमाडौ,१ मंसिर —प्रधानमन्त्री केपी शर्मा ओलीले राजश्व चुहावट रोक्न सरकार सफल भएको दाबी गरेका छन् ।  सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गरे ।
‘सरकारले राजश्व सङ्कलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ ।’ उनले भने । “चालू आर्थिक वर्षको असोज महीनासम्म राजश्व सङ्कलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको उनले जानकारी गराए ।