अन्तरप्रदेश परिषद् बैठक मंसिर २३ मा बस्दै

काठमाडौ,३० कात्तिक — अन्तरप्रदेश परिषद् बैठक मंसिर २३ गते हुुने भएको छ । २५ भदौका लागि तय भएर स्थिगित भएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले २३ मंसिरका लागि आह्वान गरेका छन् । परिषद् बैठकको तयारीका लागि प्रधानमन्त्री कार्यालयका चार सचिवको टोली सातवटै प्रदेश पुगेर स्थलगत अन्तरक्रिया गरेका छन् ।