भान्जीको बलात्कार गरि आत्महत्या

काठमाडौ,२६ कात्तिक —मकवानपुरमा १२ बर्षीय बालिका आफ्नै मामाबाट बलात्कृत भएकी छिन् । इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलका बालिका मामा घर आएको मौका पारी सानोपदम गोलेले बलात्कार गरेका हुन् । भान्जीलाई बलात्कार गरेको हल्ला फैलिएपछि गोलेले आत्महत्या गरेका छन्। मृतकको शव पोस्टमार्टमका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।