श्रीलंकामा राष्ट्रपतिले गरे संसद भङ्ग

एजेन्सी, २४ काठमाठौ —श्रीलंकाका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद् भङ्ग गरेका छन्। प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच माइत्रीपालाले यस्तो कदम चालेका हुन्।
श्रीलंकाको समयअनुसार शुक्रबार मध्यरातदेखि संसद भङ्ग गरिएको हो। अब जनवरी ५ तारेखमा श्रीलंकामा आमचुनाव हुनेछ। यससँगै वर्खास्तीमा परेका प्रधानमन्त्री रनिल विक्रमसिङ्गको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ।