आज गणेशमान सिंहको १०४ औँ जन्मजयन्ती मनाइदै

काठमाडौ,२४ कात्तिक —वि.सं. २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको आज १०४ औँ जन्मजयन्ती मनाइदैछ । उनको सम्झना गर्दै गणेशमान सिंह फाउण्डेशने शोभाभगवतीमा कार्य क्रम आयोजना गरेको थियो ।
कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गरिँदै उहाँको शालिकमा माल्यार्पण गरिया । उत्त कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह,काङ्ग्रेस केन्द्रीय सदस्य डिला सङ्ग्रौला, काङ्ग्रेस काठमाडौँ पार्टी सभापति सबुज बानिया, सांसदहरु, भ्रातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो ।
वि.सं. १९७२ कात्तिक २४ गते जन्मेका सिंहको सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।