कलाकारका तिहार गीत (भिडियो सहित )

काठमाडौ —नेपाली हिन्दुुधर्मालम्बीहरुको दोस्रो महान चाड तिहार घरघरमा भित्रिदैछ । गाँउदेखि सहरसम्म ढकमक्क फुलहरु फुलेको छ । तिहारलाई बत्तिको चाडको रुपमा लिने गरिन्छ । कलाकारहरुले तिहारलाई लक्षित गर्दै गीत सार्वजनिक गरिरहेका छन् ।

तिहारका केही चर्चित गीतहरु यस्ता छन् ।

गोबिन्द कुुइकेलले ‘देउसी भैलो’बोलको गीत सार्वजनिक गरेका छन् । राजेन्द  रबिना लगायतको स्वर रहेको गीतमा राजेन्द« श्रेष्ठको संगीत रहेको छ । गीतमा गाँउघरको तिहार तिहार झल्को देख्न सकिन्छ ।

 

नेपाल आइडल सिजन २ बाट चर्चित बनेकी सन्धा बुुढा(काउली बुुढी) अभिनित शिब प्रसाद देवकोटाको देउसी भैलो गीत सार्वजनिक भएको छ । देवकोटा र प्रेमा राना मगरको स्वर रहेको गीत जेनियस म्युजिकले बजारमा ल्याएको हो ।

 

मोडल तथा भिजे रिमा बिश्वकर्माको सायरी सहितको ‘तिहार सक्झी’ सनम अधिकारीको संगीत, शब्द र निर्देशक रहेको गीतमा बुुढाबुुढी देखी केटाकेटीहरु छमछम देउसी गीतमा रमाएको देख्न सकिन्छ ।

 

 

त्यस्तै भुपुपाण्डेको संगीत रहेको ‘झिलिमिली तिहार आयो ’गीतमा केशव राज अर्यालको शब्द रहेको छ ।

सुनिता दुलाल डिभि गुरुङ लगायतको स्वर ‘उज्यालो तिहार’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुनिता दुलाल लगायतको अभिनय रहेको छ ।

त्यस्तै नेपालको परिचय समावेश भएको तिहार गीत शंखमुुल स्थित अवरनेश इन्टरनेशनल एकेडेमी (एआईए) बिद्यालयले सार्वजनिक गरेको छ । देउसीरे शैलीमा प्रस्तुत उक्त गीतमा नेपालको नयाँ संरचना बो थाहा पाउन सकिन्छ । शिक्षक बिमल घिमिरद्धारा परिकल्पना गरिएको गीतमा राजकुमार घिमिरेको संगीत रहेको छ ।