कात्तिकसम्म १० देशमा राजदूत सिफारिस गरिने

काठमाडौ,१८ कात्तिक — परराष्ट्रमन्त्रालयले कात्तिकसम्म १० कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गर्ने तयारी गरेको छ ।
रिक्त रहेका चार र चाँडै रिक्त हुन लागेका ६ कूटनीतिक नियोगमा कात्तिकभित्रै राजदूतका लागि सिफारिस गर्ने सरकारको तयारी छ । हाल भारत, न्युयोर्क्स्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदूत खाली छन् ।