सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको कमल थापाको भनाई

काठमाडौ,१७ कात्तिक —राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताएका छन् ।
शनिबार बिहान ताप्लेजुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देशको अर्थतन्त्रलाई सुदृढ तुल्याउने, बेरोजगारका समस्या हटाउने, गरीबी निवारण गर्ने जस्ता कार्यमा सरकार पूर्णरुपले असफल भएको उनले बताए ।