प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार, रिपोर्ट ’सन्तोषजनक’

काठमाडौं,१४ कात्तिक —प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा थप सुधार आएको अस्पतालले जनाएको छ । बुधबार बिहान १० बजे सार्वजनिक प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्टमा ’परीक्षणका रिपोर्टहरू सन्तोषजनक रहेको’ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।