तत्कालिन किष्ट बैंकका सिइओ ज्ञवाली पक्राउ

काठमाडौ,१९असोज —तत्कालिन किष्ट बैंकका सिइओ कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर अन्तर्गत अदालतले उनलाई साँढे चार करोड रुपैयाँ र ४ बर्ष जेल सजायको फेसला सुनाए पछि ज्ञवाली फरार रहेका थिए ।
उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले कन्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो ।