पवनकली भन्छिन्, ‘रंगमञ्चमा पढेरै आउनु पर्छ’

इमेलखबर संवाददाता
काठमाडौ —टेलिश्रृंखला ‘द पवनकली’ शो बाट चर्चित बनेकी लुनिभा तुुलाधार पछिल्लो समय रंगमञ्चमा व्यस्त छिन् । उनको अभिनय करिअर रंगमञ्चबाटै उदाएको थियो । र अहिले पनि उनले टेलिभिजन एवं फिल्मी क्षेत्रमा भन्दा रंगमञ्चमा रमाएकी छन् । यसै बिचको समयमा उनले दर्शकलाई राम्रा नाटक सिर्जना गरिसकेकी छन् । जस मध्ये उनले निर्देशन गरेको नाटक  ‘कोरा’ दर्शकले मनपराएका मध्ये पर्छन् । लुनिभा सधै फरक र बोल्ड पात्रको खोजिमा हुन्छीन् । तर, भने जस्तो पात्र नपाउदा उनको आफ्नो क्षमता यत्तिकै खुम्चाउनु परेको गुनासो छ । हालै उनी ‘बुुधबारेमा फ्लप मंगलबारेमा हिट’ नाटकको मोफसल यात्रामा छिन् ।

सानो उमेरदेखि नै हरेकले भविष्यको सपना बुुने जस्तै लुुनिभाले पनि भविष्यमा कलाकार बन्ने सपना बुुनेर हुुर्किइन् । संगीतकार राजुु तुुलाधारकी छोरी उनलाई संगीतर्फ अगाडि बढ्नका लागि धेरैले सल्लाह दिए तर उनीमा भने कलाकार बन्ने रहर मौलाइरह्यो । यहि रहर राखेर अघि बढिरहेकी उनि कलेज स्तरमा पुुगेपछि रंगमञ्च बुुझने मौका पाइन् । डा.शिव रिजाल मार्फत आफु रंगमञ्चमा प्रवेश गरेको उनि बताउछिन् । उनले पहिलोपटक डा.अभि सुुवेदीद्धारा लिखित नाटक ‘आरुको फुुल’ मा अभिनय गरिन् । उक्त नाटकमा अभिनय गरेपछि कलाकार सुुनिल पोखरेलले उनलाई नाटक खेल्न प्रस्ताव गरे । उनी त्यो बेलाको क्षण सम्झिदै भन्छिन् ‘सुुनिल सरले नाटकको प्रस्ताव राख्दा निकै खुुसी भएको थिए, हौसाला बढेको थियो ।’ उनले करिब ६ महिना गुुरुकुुलमा अध्ययन गरिन् र यहिबाट रंगमञ्चलाई आफ्नो करियरको हिस्सा बनाइन् ।

रंगमञ्चमा काम गरेको दशक अनुुभव बटुुलेकी उनी महिलाहरुलाई यो क्षेत्रमा काम गर्न निकै चुुनौती रहेको बताउछिन् । महिलाहरु यो क्षेत्रमा निकै कम हुुने र यसको मुुल्याङकन हुुन नसकेको उनको दाबी छ । चलचित्रमा समेत अभिनय गरेकी उनि महिलाहरुलाई चलचित्र भन्दा थिएटर नै उपयुुक्त हुुने बताउछिन् । यो क्षेत्रका आउनेहरुका लागि यस क्षेत्रको बारेमा अध्ययन गरेर मात्र प्रवेश गर्न सल्लाह दिन्छिन् । सफल हुुने नहुुने व्यक्तिमा निर्भर हुुने उनको बुुझाई छ । ‘महिलाको सौन्दर्यता भनेको प्लस पोइन्ट हो तर हरेक क्षेत्रमा यतिलेमात्र काम चल्दैन, कला संगै बुद्धि र विवेक चाहिन्छ’, उनि भन्छिन् ।