एसिड आक्रमणबाट मृत्यु भएकी सम्झनाकोे आजै अन्त्येष्टि गरिने्

काठमाडौं,८ भदौ —गत भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना दासको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा गए राति कीर्तिपुर अस्पतालमा उनको मृत्यु भएको हो ।
रौतहट चन्द्रनिगाहापुरकी १८ वर्षीया सम्झना र उनकी बहिनी सुस्मितामाथि सुतिरहेका बेला राति एसिड आक्रमण भएको थियो । स्थानीय रामबाबु पासवानले दिदी बहिनीमाथि एसिड आक्रमण गरेका थिए ।
उपचारको क्रममा ज्यान गुमाएकी सम्झनाको पोष्टमार्टमको लागि शव महाराजगञ्जस्थित टिचिङ अस्ताल लगिएको छ । उनको पोष्टमार्टम गरेर आजै अन्त्येष्टि गरिनेछ ।