नेकपाका सांसद्वारा न्यायाधीश जोशीविरुद्ध महाअभियोगको तयारी

काठमाडौ,५ असोज— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद्ले प्रधानन्यायाधीशमा अस्विकृत सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव दर्ताका लागि हस्ताक्षर संकलन गरेका छन् ।

संसदीय समितिबाट अस्वीकृत जोशीले राजिनामा दिनुको साटो सर्वोच्चमा हाजिर भएर  मुद्दा हेर्न थालेपछि नेकपाका सांसदले महाअभियोगको तयारी गरेका हुन्  ।