६ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख राष्ट्रपति भवनमा

काठमाडौँ, १४ भदौ— बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका ६ वटै देशका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुुगेका छन् ।

उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरे ।

बिहीबार नै सुरु हुने शिखर सम्मेलन राष्ट्रपति भण्डारीले विशिष्ट पाहुनाको सम्मानमा दिवा भोजको आयोजना गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो कार्यक्रममा सहभागी हुनेछन्।