बिम्स्टेक तयारीका लागि सचिवस्तरीय बैठक बस्दै

 

काठमाडौं, १२ भदौ,—बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरूको बैठक मंगलबार बिहान काठमाडौंमा बस्ने भएको छ । चौथो शिखर सम्मेलनको तयारीका लागि सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक बस्न लागेको हो ।

परराष्ट्र मन्त्रालयले बिम्स्टेक राष्ट्रका विदेश सचिव काठमाडौं आइपुगेको र आज सचिवस्तरीय १९ औं बैठक हुने जानकारी दिएको छ ।

सो बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्ररविदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्षरसरकार प्रमुखको शिखर सम्मेलन हुनेछ ।