लोकप्रिय खाद्य उद्योगकै सामाग्री गुणस्तरहिन भेटिए

विराटनगर, २० साउन—नाम चलेका ठुला उद्योगहरुले नै गुणस्तरहिन सामान उत्पादन गरेको खुलासा भएकोछ । सुनसरी मोरङ करिडोरका साथै झापा जिल्लामा समेत सञ्चालनमा रहेका १३ वटा ठुला र नाम चलेका उद्योगमार्फत बन्ने चामल, दाल, तेल, चाउचाउ लगायत मा न्युुयन गुणस्तर फेला परेको हो ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले तयारी खाद्य वस्तुको गुणस्तर परिक्षण गर्ने क्रममा सुनसरी मोरङ औधोगीक करिडोर क्षेत्रमा सञ्चालित ठुला ८ वटा र झापाका ५ वटा उद्योग उत्पादीत बस्तु न्युन गुणस्तरको फेला परेको हो ।
स्रोत ः अनलाइन खबर