वीरगञ्जमा उपचारका क्रममा विरामीको मृत्यु, चिकित्सकको लापर्बाहीले मृत्यु भएको भन्दै आफन्तको बिरोध

काठमाडौ,१९ साउन — वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतलमा उचारका क्रममा महिलाको मृत्यु भएको छ ।
बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी बस्ने २५ बर्षाया रमिलादेविको उपचारको क्रममा मृत्यु भएको थियो । चिकित्सको लापर्बाहीले मृत्यु भएको आफन्तको दाबी छ । उनीहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए ।
घटनाबारे छानविन गर्न नारायणी उपक्षेत्रिय अस्पतालका प्रसुति विभाग प्रमुख डा. सुरेन्द्र चौधरीको नेतृत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको हो ।
उनको शव नारायणी उपक्षेत्रिय अस्पतालकै शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।