रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना, १८ को मृत्यु

 

काठमाडौ,१९ साउन —काठमाडौ रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार हेलिकप्टर स्थानीय समय अनुसार बिहान १०ः२० मा साइबेरियाको उत्तर पश्चिमी क्रासोनास्क क्षेत्रमा दुर्घटना भएको थियो ।

इगार्खा शहरभन्दा १८० किलोमिटर टाढाको दुरीमा भएको दुर्घटनामा दुर्घटनामा १५ यात्रु र ३ चालकदलका सदस्य गरी सबै १८ जनाको मृत्यु भएको छ ।