सांसद निरु पाल धम्की प्रकरण अनुसन्धान गर्न समिति गठन

साउन १८, काठमाडौं — प्रतिनीधि सभाकी सदस्य निरुदेवी पालले विहिवार विशेष समयमा आफु माथि अज्ञात व्याक्तिले दिएको ज्यान लिने धम्की वारे सदनलाई जानकारी गराए पछि त्यस विषयमा अनुसन्धान गर्न विशेष समिति गठन भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीको नेतृत्वमा तीन सदस्यिय अनुसन्धान समिति गठन भएको हो । महानगरीय प्रहरी वृत्त अन्र्तगत बानेश्वरका डिएसपी गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी समितिका सदस्य छन् ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार सांसदमाथि भएको घटनालाई सुक्ष्म रुपले अनुसन्धान र छानबिन गर्न समिति बनाइएको हो ।