नेपाल र पोर्चुगल बिच सहमति

 

काठमाडौ, १० साउन—अन्तराष्ट्रिय फोरममा आपसी एजेण्डामा सहकार्य गर्न नेपाल र पोर्चुगल सहमत भएकोछ । संयुक्त राष्ट्रसंघ लगायतका अन्तराष्ट्रिय फोरममा यस्तो गर्न सहमती जुटाएको हो । यसमा साताव्यापी युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पोर्चुगलका विदेशमन्त्री अगस्टो सान्टोस सिल्भाबीच भएको भेटमा आपसी हित, व्यापार, लगानी, नागरिकबीचको सम्बन्ध बिस्तार लगायतबारे समेत कुराकानी भएको थियो ।