कानुन मन्त्रीले दिए राजीनामा

 

काठमाडौं, ८ साउन—कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । आज दिउसो प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिएका हुन् । राजीनामा दिनु अघि सिंहदरबारमै पत्रकार सम्मेलनको अयोेजना गरिएको थियो ।

तामाङले सरकारको समृद्धि नेपाल र सुखी नेपालीको अभियानलाई सघाउन र सरकारलाई सफल बनाउन नैतिकताको आधारमा पदबा राजिनामा दिएका हुन् । उनले आफु महिला अधिकार र अस्मिताको लागि सदैव लड्दै आएको बताएका थिए । आफ्नो अभिव्यक्तिलाई विवादमा तानिएको आरोप लगाएका थिए ।