शान्तिलाई गाँठवालाको प्रश्न ‘कति हजारको साडी लाउँछ्यौ — भिडियोसहित

 

काठमाडौं  —  नायिका शान्ति सापकोटालाई एक गाँठवालाले प्रश्न गर्छन्, ‘तिमि कति हजारको साडी लाउँछ्यौ रु बैंकभरी मेरो पैसा छ ।’ साडीको सिजन अझ भनौँ तीजको सिजनमा गाँठवालाको प्रश्नले शान्ति मख्ख हुन्छिन् । उनै शान्ति हुन्, जसले यसअघि केही चलचित्र, थुप्रै टेलिचलचित्र, गीतहरुमा आफ्नो नायिकाको छबि बनाएकी छिन् । उनै शान्ति हुन् जसले थुप्रै तीज गीतहरुबाट आफ्नो गायिकाको छबिसमेत बनाएकी छन् ।
हो उनै शान्तिलाई यसपटकको तीजमा कसैले अफर गरेको छ साडीको । साडीको अफर गर्ने व्यक्ति पनि गायकै हुन्, विजय तिखातरी ।
सन्दर्भ तीजकै हो । हरेक वर्षको तीजमा नयाँ प्रस्तुती ल्याएर आफूलाई गायिकाको रुपमा अब्बल बनाएकी शान्तिले विजयसँगको सहकार्यमा यसपटकको तीजलाई पनि सुगन्धित पार्ने प्रयास गरेकी छन्, तिमी ब्युटीफुल तीज गितबाट ।
नवलपरासी क्षेत्रमा कलाकारका रुपमा राम्रो छवी बनाइसकेकी शान्तिले केही वर्षअधि दर्जनौं सडक नाटक, टेलीसिरियल लगायत अभिनयको क्षेत्रमा राम्रो छाप छोडिकी छिन् । त्यसैगरी तीज गीत मोही माग्ने किनहो ढुङ्ग्रो लुकाउने, मुटु नै हल्लियो लगायत अन्य गीतमा राम्रो अभिनय गदै आएकी शान्ति सापकोटाले केही वर्ष अघि नै भोजपुरी फिल्म् र नेपाली कथानक चलचित्र नशा एक लत् मा पनी उनले प्रमुख नायिकाको भुमिका प्रस्तुत गरेर ख्याती कमाएकी छन् । गत वर्ष पनि आफनै स्वरमा ‘मलाई नाच्न मन लाग्यो’ नामक तीज गीत बजारमा ल्याईकी थिइन् । त्यसो त सो गीतमा स्वर दिएका गायक विजय पनि चल्तिका गायक हुन् । लामो समयदेखि गीत संगीतदेखि निर्देशनमा व्यस्त रहेका विजयको सुमधुर स्वरले यो गीतलाई अझ लोकप्रिय बनाउनेमा कुनै शंका छैन ।
शान्ति र विजयको स्वर रहेको उक्त गितमा लयरशब्द सुशिल बोहराको छ । गायक विजयकै निर्देशनमा तयार भएको उक्त गितमा शान्ति सापकोटा र ध्रुव हिमालीले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन भने रञ्जुला फिल्मस् प्रा।लि ले बजार व्यवस्थापन गरेको छ