‘बार्ताका लागि मन्त्रीस्तरीय टोली चाहियो’— डा. गोविन्द केसी

 

काठमाडौ,२ साउन— अनसनरत डा. गोविन्द केसीले वार्ताका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न सरकारसँग माग गरेका छन् । उनले कर्मचारीहरुसँग वार्ता गरेर निकास ननिस्किने ठहर गर्दै मन्त्रीस्तरीय वार्ता टोली माग गरेका हुन ।

सरकारी टोलीसँग वार्तामा सहभागी डा. केसीपक्षका वार्ता टोली सदस्यहरुले सचिवस्तरीय वार्ता टोलीसँग वार्ता नगर्ने भन्दै मन्त्रीस्तरीय वार्ता टोली गठन गर्नुपर्ने माग अघि सारेका हुन् ।