ब्रीटिस सेनामा पहिलो पटक अब नेपाली महिलाले भर्ति हुन पाउने

लन्डन—बिग्रेड अफ गोर्खाज मा अब नेपाली महिलालाई समेत भर्ना लिने भएकोछ । दुई सय वर्षभन्दा बढि समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग मानिने यसमा पहिलो पटक महिलालाई भर्ना खुला गरेको हो ।
सन् २०२० को वसन्त श्रmृतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको जानकारी आएकोछ । बेलायति अखबारहरुमा यतिबेला नेपाली महिलालाई प्रत्यक्ष लडाइमा भर्ती लिन पाउने जानकारी चर्चामा आएकोछ । आगामी वर्षदेखि महिलाको आवेदन खुला हुने बताइएकोछ ।