देशभर नयाँ मतदाता नामावली दर्ता अभियान सुरु

काठमाडौ, १ साउन — मुलुकका ७७ वटै जिल्लामा आजदेखि नयाँ मतदाता नामावली दर्ता अभियान सुरु हुने भएको छ । कुनै पनि निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन सक्ने भएकाले त्यस्तो प्रयोजनाका लागि आज सबै जिल्लामा नयाँ मतदाता नामावाली दर्ता अभियान सुरु हुन लागेको हो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सो नयाँ मतदाता नामावली दर्ता अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन ।