वर्षाका कारण कोटेश्वर —भक्तपुर चल्ने सवारी साधनहरु ‘डाइभर्ट’

काठमाडौ, २८ असार— अविरल वर्षाको कारण बिभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । वर्षाका कारण डुबान भएपछि भक्तपुर क्षेत्रमा सवारी चाप बढेको छ । कोटेश्वर(भक्तपुर सडकमा चल्ने गाडीहरुलाई पेप्सीकोलाबाट डाइभर्सन गरिएको छ । ति गाडीहरुलाई पेप्सिकोला, पुरानो ठिमी हुँदै सल्लाघारीतर्फ पठाइएको छ । साना सवारी साधनहरुलाई भने गठ्ठाघरबाट डाइभर्ट गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।